राप्रपाबाट विराटनगरको मेयरमा प्रह्लाद र उपमेयरमा बविताको मनोनयन दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री प्रह्लाद साहले विराटनगर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका छन् । 

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

राप्रपाले साहलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 
साह विराटनगरका पूर्व मेयरसमेत हुन् । 

उनी पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा २०६२ सालमा भएको स्थानीय निर्वाचनबाट मेयरमा निर्वाचित भएका थिए । 

साह २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि मेयर पदका उम्मेदवार थिए । उनले ५ हजार ५०० बढी मत प्राप्त गरेका थिए ।

त्यसैगरी सोही पार्टीबाट उपमेयरमा बबिता आचार्यको उम्मेदवारी परेको छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १७:३९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया