राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग गरेका छन् ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव घिसिङले सो कल्याणकारी कोषलाई नगद २ लाख ९ हजार १ सय १४ रुपैया हस्तान्तरण गरेका हुन् ।

अदालतको फैसला पछि काममा फर्किएका उहाँले मुद्धा अदालतमा विचाराधिनको अवधि ३ महिना १६ दिनको सेवा सुविधाको पैसालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई प्रदान गरे ।

पूर्वसदस्य सचिव रमेश कुमार सिलवालले सदस्य सचिवको पुनबहालीका लागि अदालतमा मुद्दा दायर गरेपछि घिसिङको नियुक्तिलाई अदालतले तत्काल रोक्न भनेको थियो । 

पछि अदालतले रमेश कुमार सिलवालको मुद्दा खारेज गरेपछि घिसिङ पुनः काममा फर्किनु भएको थियो । 

सोही बीचको अवधिको सेवा सुविधा बापतको पारिश्रमिक खेलाडीहरूकै लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ खेलाडी कल्याणकारी कोषलाई प्रदान गरिएको सदस्य सचिव घिसिङले बताए ।



मन्त्रिपरिषद निर्णयबाट गत मंसिरमा सदस्य सचिवमा नियुक्त हुनु भएका घिसिङको प्रस्तावमा नवौ राष्ट्रिय खेलकुदको मिति तय भएको छ । जेठ २२ गतेबाट गण्डकी प्रदेशमा २८ गतेसम्म सञ्चालन हुँदैछ ।

यस्तै नवनियुक्त सदस्य सचिवको प्रस्ताव र अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको समन्वयमा राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक पनि सम्पन्न भएको छ । 



बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदमा समावेश हुने खेल संख्या तोकेको छ भने चीनमा आयोजना हुने १९औं एसियन गेम्सका लागि २३ खेलले सहभागिता जनाउने समेत निर्णय गरेको छ । 

  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार २०:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया