४४ बिलियन अमेरिकी डलरमा एलन मस्कले किन्ने भए ट्विटर

माइक्रोब्लगिङ साइट ट्विटरको बोर्डले ४४ बिलियन अमेरिकी डलरमा ट्विटरलाई धनाढ्य तथा व्यवसायी एलन मस्कलाई किन्न दिने निर्णय गरेको छ । 

यसअघि मस्कले दुई साताअघि ट्विटरसँग असाधरण क्षमता भएको भन्दै आफूले ट्विटरका सबै सेयर किन्ने प्रस्ताव राखेका थिए ।

उनले ट्विटरको सामथ्र्य निकै धेरै भएको भन्दै यसमा भएको फेक न्युज र फेक अकाउन्टलाई पनि आफूले कन्ट्रोलमा ल्याउने बताएका थिए । तर, त्यति बेला ट्विटरले उनलाई कम्पनी बेच्न तयार भएको थिएन । 

तर, अब आफ्ना स्टेकहोल्डर्सहरुलाई ट्विटरले यो सम्झौताको पक्षमा मतदान गर्न अनुरोध गरेको छ । 

फोब्र्स म्यागजिनका अनुसार मस्क विश्वकास सबैभन्दा धनी हुन् । उनीसँग अहिले २७३ बिलियन डलर भएको अनुमान गरिएको छ । उनको टेस्ला कम्पनी विश्वकै सबैभन्दा धनी कम्पनीमध्येको एक हो ।

मस्कले ट्विटर आफूले लिएपछि त्यहाँ वाक स्वतन्त्रतालाई प्राथमिकता दिने पनि बताएका थिए ।





  • प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार ५:१०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया