सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ । सरकार विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरणअनुसार, असार मसान्तसम्मका लागि ती वस्तु आयातमा रोक लगाइएका हो ।
रोक लगाइएका वस्तुहरूमा कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ) रहेका छन् ।
त्यस्तै, सरकारले मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथिको), जीप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासलाई पनि तत्काल विदेशबाट ल्याउन नदिने भएको छ ।
कूटनीतिक नियोगका अधिकारीलाई भने यी सामान भित्र्याउन बन्देज लागू हुने छैन । साथै, १३ वैशाख अघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरूको हकमा पनि बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ ।
हेर्नुस् सूची :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।