विराटनगरको उपमेयर उम्मेदवार कार्कीविरुद्धको उजुरीमा छानबिन थालियो

नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु भएको छ । 

उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन थालेको हो । उपमेयर उम्मेदवार कार्कीसहित पाँचजना उमेदवारविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सत्ता गठबन्धनबाट जसपाका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएका थिए । 

यादवले कार्की विराटनगरस्थित कोशी अस्पताल विकास समितिको सदस्य रहेको र सेवा सुविधा लिइरहेको भन्दै उजुरी दिएका थिए ।  





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार ९:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया