भारतमा बढ्न थाले कोरोना संक्रमित

भारतमा कोरोनाभाइरसका नयाँ संक्रमितको संख्या फेरि बढ्न थालेको छ । भारतीय मिडियाहरुले त कोरोनाभाइरस संक्रमितको संख्यामा तीव्र वृद्धि आइरहेको जनाएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा २ हजार ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यही समयमा २ हजार २ सय ५२ जना ठिक भएको र ३२ जनाले ज्यान गुमाएको भारतीय स्वास्थ्य मन्त्रलायले जनाएको छ । 

भारतमा अब सक्रिय संक्रमितको संख्या बढेर १६ हजार २ सय ७९ पुगेको छ ।





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार ११:७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया