बलिउड अभिनेत्री नुसरतले सेलेब्रिटी लाइफबारे दिएको यो गतिलो जवाफ

बलिउड अभिनेत्री नुसरत भरुचाको एउटा भिडियो अहिले निकै चलेको छ । यो निकै सेयर भएको भिडियोमा नुुसरतले एउटा गतिलो सन्देश पनि दिएकी छिन् । कसरी एउटा सेलेब्रिटीको रियल लाइफ र रिल लाइफ फरक हुन्छ भन्नेबारे उनले दिएको सन्देशलाई अहिले धेरैले रुचाएका छन् । 

उनको भिडियोमा अभिनेता अक्षय कुमार पनि हुन्छन् । 

भिडियोमा उनले पहिले हातले केही खाइरहेको देखाइन्छ । अनि त्यही समयमा त्यहाँ अक्षय कुमार पुग्छन् । अक्षय सेल्फी लिन पुग्नेवित्तिकै नुसरतले फोर्क समात्छिन्, हात पुछ्छिन् । 

अनि उनीहरुले सेल्फी क्लिक गर्छन् । यही भिडियोलाई नुसरतले सामाजिक सन्जालमा राखेकी हुन् ।





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार ११:४२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया