नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्षले दिए राजीनामा

नेकपा एकीकृत समाजवादी पार्टीका मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले राजीनामा दिएका छन् । उनले ८ महिनाअघि पार्टी गठन गर्दा जे नारा दिइएको थियो, लिइएको थियो, ती नारा पूरा नभएकाले आफूले पार्टी छाडेको बताएका छन् ।

८ महिनाअघि बनेको पार्टीमा अहिले व्यक्तिवादी हावी भएको, सरकारमा भएका मन्त्री तथा अवसर पाएकाहरुमा नैतिक आचरणमा समस्या देखिएको, पार्टीका नेताहरु भ्रष्ट भएको आरोप पनि लगाएका छन् ।

बुधबार दिउँसो एक विज्ञप्ति निकाल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । 

उनले गठबन्धनको नाममा अहिले नेपाल कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने प्रयास भएको पनि आरोप लगाएका छन् ।

‘एउटा निर्वाचित निकायलाई भोलि भ्रष्टाचारको अखडा बनाउने नियतप्रति मेरो असहमति छ,’ उनले भनेका छन्, ‘८ महिनाअघि भएको विद्रोह केवल कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्तिको महत्वाकांक्षा र पद प्राप्तिको चरम इच्छा र सोच मात्र रहेछ, न त यो विद्रोहले पार्टी निर्माण गर्न सक्छ, न निर्वाचनपश्चात् देशव्यापी पार्टी कमजोर हुने र कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने मैले ठहर गरेको छु ।’

उनले आफूले पार्टीको साधरण सदस्यसमेत नरहने गरि राजीनामा दिएको बताएका छन् ।



 



  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १३:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया