आइसिसी लिग–२ : त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले ओमानको समान गर्ने

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय सिरिज आगामी महिना अमेरिकामा खेल्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निकालेको तालिकाअनुसार जुन ८ देखि १५ सम्म अमेरिकाको टेक्सासस्थित पियरी भ्यू क्रिकेट कम्प्लेक्समा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । 

सिरिजको नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ । नौ जुनमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ । सिरिजमा नेपालले दुवै देशसँग दुई–दुई गरी जम्मा चार खेल खेल्नेछ ।

सात देश सम्मिलित सिरिजमा ओमान शीर्ष स्थानमा रहँदा अमेरिका पाँचौ र नेपाल छैटौं स्थानमा छन् । सबै खेल नेपाल समयअनुसार राति पौने नौ बजे सुरु हुनेछन् । 

खेल तालिका 
नेपाल भर्सेस ओमान : ९ जुन  
नेपाल भर्सेस अमेरिका : ११ जुन 
नेपाल भर्सेस ओमान : १४ जुन 
नेपाल भर्सेस अमेरिका : १५ जुन 





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १५:४४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया