थप ११ जनामा संक्रमण पुष्टि, १७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप ४ हजार ११९ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा थप ८ जना र १ हजार ७७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ गरी कुल ११ जनामा संक्रमण पुष्टि भएको हो । 

हाल नेपालमा २ सय ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई थप १७ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ५७५ पुगेको छ । कोरोना निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, गत २४ घण्टामा देशभरबाट थप १ लाख २३ हजार ५९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।





  • प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार १७:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया