पल शाहले दर्ता गरेका छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न उच्च अदालत पोखराको आदेश

नाबालिका बलात्कारको आरोपमा थुनामा परेका अभिनेता पूर्णविक्रम शाह (पल)ले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेस गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

अभिनेता शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको आरोप लागेको छ । तर, अन्तिम बकपत्रमा पीडित र उनका बुवाले पलले बलात्कार नगरेको बयान दिइसकेका छन् ।

जिल्ला अदालत तनहुँ र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । अहिले त्यसैलाई एकसाथ पेस गर्न अदालतले आदेश दिएको हो ।





  • प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार १८:७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया