राप्रपा हेटौँडाका उम्मेदवारले भूवनेश्वर मन्दिरमा खाए भ्रष्टाचार नगर्ने शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रा) हेटौँडा उपमहानगरपालिकाका उम्मेदवारले मन्दिरमा गएर शपथ लिएका छन् ।

हेटौँडा मेयर पदका उम्मेदवार दीपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारलाई हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिकरूपमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भनेर सपथ लिएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नवराज विष्टले सपथ ग्रहण गराएका थिए ।

मेयरका उम्मेदवार सिंहले हेटौँडाको विकासमा समर्पित भइ यहाँकाे सुनौलो भविष्यको लागि आफूले निःस्वार्थ योगदान गर्ने बताए ।  उपमेयरकी उम्मेदवार न्यौपानेले हेटौँडाको मुहार फेरिने दाबी गरिन् ।





  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १३:४५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया