विराटनगरमा सत्ता गठबन्धनका बागी उम्मेदवार यादव र न्यौपानेले पाए चुनाव चिह्न लालटिन

विराटनगरमा सत्ता ठबन्धनबाट बागी उम्मेदवारी दिएका उम्मेदवारले लालटिन चुनाव चिह्न प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट विद्रोह गरेर मेयर पदमा उम्मेदवारी दिएका उमेश यादव र माओवादी केन्द्रबाट विद्रोह गरेर उपमेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न लालटिन प्रदान गरेको हो ।

नेता यादवले जसपा परित्याग गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । उनी विराटनगरमा सत्ता गठबन्धन गर्न नहुने पक्षमा उभिएका थिए ।

उनको जसपाबाट विराटनगरको मेयरमा आकांक्षा थियो । तर, केन्द्रीय सत्ता गठबन्धनले विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाले लिने निर्णय गरेपछि उनले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

न्यौपानेले माओवादी केन्द्रबाट विद्रोह गरेर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार १८:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया