जनकपुरधामलाई हरित नगरको रुपमा विकास गर्ने मनोजको प्रतिबद्धता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार मनोज चौधरीले आफू विजयी भएमा भ्रष्टाचारमुक्त उपमहानगर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चौधरीले आफू मेयरमा विजयी भएमा जनकपुरधाम उपमहानगरपालिकालाई भ्रष्टाचारको दुर्गन्धबाट मुक्त गराउने बताएका हुन् । 

उनले जनकपुरधामलाई सफा, स्वच्छ र हराभरा नगरको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए । चौधरीले सबै मतदाता र जनकपुरधामबासीको भावनालाई कदर गरेर अघि बढ्ने योजना पनि सुनाए । 

‘मेरो पहिलो प्रतिबद्धता भनेको सुशासन हो । घरभित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ,’ उनले भने, ‘त्यसका लागि मैले भ्रष्टाचारमुक्त उपमहानगरपालिका बनाउनुपर्नेछ । आइटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु ।’

मनोजले जनकपुरधाम हिन्दूहरुको आस्थाको केन्द्र रहेकाले आफू निर्वाचित भए विश्वभरका हिन्दूलाई जनकपुरधामसँग जोड्नका लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

जनकपुरधाममा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यहाँका मठ मन्दिरलाई व्यवस्थित गर्नुका साथै सौन्दर्यीकरणमा जोड दिनु आवश्यक रहेको उनले बताए ।





  • प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार १८:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया