सहज जित निकाल्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । उसले घरेलु टोली लिड्स युनाइटेडविरुद्ध ४–० को जित निकालेको हो ।

यो जितसँगै ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एलल्याण्ड रोडमा भएको खेलको १३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
 
५४ औं मिनेटमा नाथन एकेले टोलीको अग्रता दोब्बर बनाए । ७८ औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । 

थप गरिएको समयमा फेर्नान्डिन्होले गोल गरेपछि पाहुना टोलीले ४–० को सहज जित निकाल्यो । यो जितसँगै सिटीले ३४ खेलमा ८३ अंक जोड्दा पराजित लिड्स सामन खेलबाट ३४ अंकका साथ १७ औं स्थानमा छ ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ७:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया