एस्टन भिल्लासँग पराजित नर्विच रेलिगेसनमा

इंग्लिस प्रिमियर लिगअन्तर्गत गए रातिको खेलमा नर्विच सिटी पराजित भएको छ । ऊ घरेलु टोली एस्टन भिल्लासँग २–० ले पराजित भएको हो । यो हारसँगै नर्विच रेलिगेसनमा परेको छ ।

अब उसले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ । भिल्ला पार्कमा एस्टनलाई जित दिलाउन ओली वाट्किन्स र ड्यानी इन्ग्सले एक–एक गोल गरे ।

खेलको ४१ औं मिनेटमा वाट्किन्सले एस्टनलाई अग्रता दिलाएका थिए । थप गरिएको समयमा इन्ग्सले गोल गरेपछि  घरेलु टोलीले २–० को सहज जित निकाल्यो । 

जितसँगै एस्टन ३३ खेलमा ४० अंक जोडेर १३ औं स्थानमा उक्लिँदा पराजित नर्विच ३४ खेलबाट २१ अंकका साथ पुछारमा छ ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार ७:३६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया