भारतमा बढ्न थाले कोरोना संक्रमित, चौथो लहरको आशंका

पछिल्लो २४ घन्टामा भारतमा यसअघिका दिनभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । केही दिन यता कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि भारतमा कोरोनाभाइरसको चौथो लहर सुरु भएको हो कि भन्ने आशंका गरिएको छ । 

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ३ हजार ३ सय २४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यही समयमा २ हजार ८ सय ७६ जना ठिक भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घन्टामा ४० जनाको मृत्यु भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

योसँगै भारतमा अहिलेसम्म ४ करोड ३० लाखभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण भइसकेको छ । अहिले भारतमा १९ हजार ९२ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा पाँच लाखभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
 





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १०:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया