चुनाव जिते तलब-भत्ता नलिने राप्रपाका उम्मेदवारको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मदन चाम्लिङले चुनाव जितेपछि तलब नलिने, सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन् ।

‘स्थानीय जनता र गाउँठाउँको हितमा म इमान्दार भएर काम गर्नेछु । भ्रष्टाचाररहित सुशासन कायम गर्नेछु,’ राप्रपाका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार मदन चाम्लिङले चुनावी सभालाई सम्बोधन गर्दै भने ।

‘पदीय जिम्मेवारी पूरा गर्ने क्रममा, गाउँपलिका अध्यक्षको तलब नलिने, सरकारी सवारी साधन प्रयोग नगर्ने मैले निश्चय गरेको छु । मूलतः जिम्मेवार स्थानीय तह स्थापना गर्नेछु,’ उनले भने । 

राप्रपाका तर्फबाट कुम्मायक गाउँपालिका उपाध्यक्षका उम्मेदवार रोशिना बोहोराले विपन्न र जेहेन्दार एक विद्यार्थीलाई एमबिबीएस अध्ययनका लागि छात्रवृत्ति दिने बताए ।

महिला र युवाद्वारा संचालित साना तथा लघु उद्योगलाई विशेष अनुदान र कर छुट उपलब्ध गराउने बोहोराले कार्यक्रमलाई सम्बोधन गर्दे भने ।

राप्रपाका उम्मेद्वारहरुले १२ कक्षासम्म निशुल्क शिक्षा, सुत्केरीलाई तीन महिनासम्म रू ३,००० मासिक भत्ता, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा, सार्वजनिक स्थलमा निशुल्क वाईफाई सुविधा, कृषि तथा बाली बीमाको व्यवस्था, वेरोजगार तथा सीपविहीन युवाका लागि सीपमूलक तालिम केन्द्र स्थापना गर्ने बताएका छन् ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १४:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया