चलचित्र विकास बोर्डले सुरु गर्यो सिनेमा हलमा अनुगमन
फरकधार / १८ बैशाख, २०७९

चलचित्र विकास बोर्डले आइतबारदेखि हेटौंडाबाट अनुगमन सुरु गरेको छ । सिनेमा हलहरुमा व्यापक अनियमितता रहेको गुनासो आएपछि बोर्डले अनुगमन सुरु गरेको हो ।



बोर्डअन्तर्गतको बक्स अफिस समितिका संयोजक राज कटुवाल नेतृत्वको टोलीले हेटौंडाका एनएस सिनेमा र ओम्याक्स हलमा अनुगमन गरेको हो । समितिले आगामी सातादेखि पूर्वी र पश्चिम नेपालका हलमा अनुगमन गर्ने जनाएको छ । 

संयोजक कटुवालका अनुसार हेटौंडाका हल अनुगमन गर्दा तथ्यांक बोर्डमा नपठाएको, बक्स अफिस र हलको डेटाबीच असमानता भेटिएको र नवीकरण नगरेको पाइएको छ । 



यसमा छानबिन गर्ने प्रतिबद्धता जनाउँदै कटुवालले भने, ‘नवीकरण पनि नगरेको पाइएकाले सोहीअनुसार बोर्डमा आउन भनेका छौँ । एक–दुई दिनमा उहाँहरु रिन्यु गर्न आउँदै हुनुहुन्छ ।’



अनुगमन कार्य देशभर रफ्तारमा अघि बढ्ने र हल सुधार कार्य अब सुरु हुने उनले बताए । 

  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १८:३७:०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया