मेन्टर इन्स्टिच्युटले ‘कर्टिन युनिभर्सिटी एडमिसन डे’को आयोजना गर्ने

मेन्टर इन्स्टिच्युटले अस्ट्रेलिया अध्ययन विशेष ‘कर्टिन युनिभर्सिटी एडमिसन डे’ को आयोजना गर्ने भएको छ । इन्स्टिच्युटले वैशाख २२ गते बिहीबार दिनको ११ बजेदेखि ३ बजेसम्म एडमिसन डेको आयोजना गर्ने जनाएको छ। 

नयाँ बानेश्वरमा कार्यालय रहेको मेन्टर इन्स्टिच्युटले विगत १९ वर्षदेखि विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएको छ । एडमिसन डेमा विद्यार्थीले नेपालमा रहेका युनिभर्सिटीका प्रतिनिधि सुरित भट्टराईसँग अस्ट्रेलियन एजुकेसन इन्फरमेसन सेन्टर हात्तिसारमा कर्टिन युनिभर्सिटीको भौतिक शैक्षिक वातावरणको विषयमा जानकारी दिनुका साथै २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने इन्स्टिच्युटले जनाएको छ।

मेन्टर इन्सटिच्युट कर्टिन युनिभर्सिटी अस्ट्रेलियाको नेपालका लागि आधिकारिक प्रतिनिधि संस्था हो। विद्यार्थीलाई अस्ट्रेलियाको कर्टिन युनिभर्सिटी र यसले प्रदान गर्ने गुणस्तरीय शिक्षा, छात्रवृत्ति, भर्ना प्रक्रियाको विषयमा जानकारी दिन एकदिने एडमिसन डेको आयोजना गरिएको मेन्टर इन्स्टिच्युटका सञ्‍चालक एवं आइरिन अध्यक्ष हेमन्त भट्टराईले बताए। 





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १८:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया