महामन्त्री किरणबाबु श्रेष्ठको नेतृत्वमा कांग्रेस गण्डकीले बनायो अनुगमन समिति

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले गण्डकीमा अनुगमन समिति र प्रचार समिति गठन गरेको छ । कांग्रेससहित गठबन्धनका उम्मेदवारहरूलाई जिताउन प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपसंयोजकमा प्राडा कुसुमाकर न्यौपाने, सचिवमा रमेश पौडेल छन् भने सदस्यहरूमा कांग्रेस गण्डकीका सदस्यहरू, प्रदेश मातहतका जिल्ला सभापतिहरू, प्रदेशका सांसद र प्रत्याशीहरू छन् । यसबाहेक भ्रातृ तथा शुभेच्छुक संस्थाका सभापतिलाई पनि समितिमा राखिएको छ ।

यता, संगठन विभाग प्रमुख हरि बरालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन अनुगमन समिति पनि गठन गरिएको छ । सदस्यमा वीरेन्द्र मण्डल, जीवन बास्तोला, शिरोमणि बराल र देवीश्री कार्की क्षेत्री छन् ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार २०:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया