ला लिगा : रोमाञ्चक जित निकाल्दै दोस्रो स्थानमा उक्लियो बार्सिलोना

स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । घरेलु टोली बार्सिलोनाले मालोर्काविरुद्ध २–१ को जित निकालेको हो । 

यो जितसँगै ऊ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए र सर्जियो बुस्केट्सले एक/एक गोल गरे ।

मालोर्काका लागि एन्टोनियो राइलोले एक गोल फर्काए । खेलको २५ औं मिनेटमा डिपाएको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ५४ औं मिनेटमा बुस्केट्सले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

७९ औं मिनेटमा राइलोले गोल गर्दै मालोर्कालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा बार्सिलोनाले २–१ को रोमाञ्चक जित निकाल्यो । यो जितसँगै बार्सिलोनाले ३४ खेलमा ६६ अंक जोड्दा पराजित मालोर्का समान खेलबाट ३२ अंकका साथ १६ औं  स्थानमा छ ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार ७:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया