प्रदेश ५ : माघे संक्रान्तिमा २ दिन सार्वजनिक बिदा

बुटवल– प्रदेश ५ को सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले माघे संक्रान्तिका दिन थारु समुदायले मनाउने माघी पर्व र मगर समुदायले मनाउने मकर संक्रान्तिलाई लक्ष गरी माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसार प्रदेश ५ मगर र थारु जातिको बाहुल्य रहेकाले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो ।

यसै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रमसमेत गर्ने भएको छ ।





  • प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार १९:३६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया