एकीकृत समाजवादी स्याङ्जाका सचिव एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी स्याङ्जाका सचिव पुनः एमालेमा फर्केका छन् । टीकाराम नेपालीलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले प्रवेश गराएका हुन् ।

उनीसँगै अनेरास्ववियुका केन्द्रीय उपमहासचिव मेघनाथ चापागाईं, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराललगायत एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्दै उनीहरुले यसअघि आफूले बाटो बिराएको बताएका छन् । उपमहासचिव गुरुङले सबैलाई एमालेमा समाहित हुन आह्वान गरे ।





  • प्रकाशित मिति : बैशाख १९, २०७९ साेमबार २१:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया