राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावमा जनताले राम्रो दल र असल नेता नचुनेसम्म देश र जनता दुवैले दुःख पाइरहने बताएका छन्।
मंगलबार वीरगन्जमा राप्रपाले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले जनताले राम्रो पार्टी र असल नेता नचुनेसम्म देशमा बेरोजगारी, गरिबी र अभावबाट जनताले मुक्ति पाउन नसक्ने उनले बताए ।
अहिले नेपालको राजनीतिमा भ्रष्टाचार सामान्यजस्तो भएको टिप्पणी गर्दै उनले माथिदेखि तलसम्म भ्रष्टाचारले जरा गाडेको बताए । अहिलेसम्म शासनसत्ता कांग्रेस र कम्युनिस्टहरुले चलाएकै कारण मुलुकको दुर्गति भएकाले आसन्न चुनावमा त्यो कुराको ख्याल राखेर मात्र मत दिन उनले आग्रह गरे।
कांग्रेस, एमाले, माओवादी र मधेसवादीको विकल्प खोज्न जरुरी रहेको र ती सबैको विकल्प राप्रपा नै भएको जिकिर उनले गरे। देशलाई झन् असफल राष्ट्र बन्नबाट जोगाउन र भावी सन्ततिको भविष्यसमेत नबिगार्न उनले आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।