आफ्ना उम्मेदवार नभएको स्थानमा एमालेविरुद्ध मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले गठबन्धन र एकल उम्मेदवार नभएको स्थानमा नेकपा एमालेविरुद्ध मतदान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो। 

सो पार्टीका महासचिव वेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै बैठकका विभिन्न ५ वटा निर्णय सार्वजनिक गरेका छन् । जसमा लेखिएको छ, ‘हामीसँग गठबन्धन नभएका र हाम्रा एकल उम्मेदवार पनि नभएका स्थानमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने।’

यस्ता छन् बैठकका निर्णय 

१. महानगर तथा उपमहानगरपालिकामा गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने।

२. हामीसँग गठबन्धन भएका सबै पालिका एवं वडामा गठबन्धनका उम्मेदवार जिताउन लागि पर्ने।

३. हामीले एकल उम्मेदवारी दिएको स्थानमा पार्टीका उम्मेदवारहरूलाई जिताउन लागि पर्ने।



४. हामीसँग गठबन्धन नभएका र हाम्रा एकल उम्मेदवार पनि नभएका स्थानमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने।

५. गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिमसम्म पनि प्रयास गर्ने।



  • प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार २२:९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया