दशरथ रंगशाला समयमै नबन्दा १३ औं साग प्रभावित

काठमाडौं– भूकम्पले क्षतीग्रस्त भएको दशरथ रंगशाला समयमै पुननिर्माण हुन नसक्दा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता प्रभावित हुने भएको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय रंगशालामा भूकम्पले क्षती पुर्याएपछि करिब ४ वर्षदेखि कुनै पनि खेलकुद गतिविधि भएका छैनन् । 

अहिलेसम्म रंगशालाको निर्माण कार्य ७० प्रतिशतमात्र सकिएको छ । फागुनको पहिलो सातासम्म पुननिर्माण सकेर अन्तिम सातामा हुने साग प्रतियोगिताका लागि तयारी गर्ने भनिएपनि तोकेको समयमा निर्माण सम्पन्न नहुने भएको छ । 

रंगशालाको समयमै नबन्दा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि ३ पटक सरिसकेको छ भने साग प्रतियोगिता पनि समयमा नहुने निश्चित भएको छ । 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले रंगशालाको भौतिक पुर्वाधारको निर्माण समयमा गर्न नसकेपछि १३ औं एसियाली खेलकुद प्रतियोगिता ६ महिनाका लागि सार्ने प्रस्ताव गरेको बताए । असार मसान्तसम्म पुननिर्माण गरिसकिने उनको भनाई छ । 

१८ हजार दर्शक क्षमताको रंगशालाको प्राविधिक पक्षको निर्माण चीन सरकारको सहयोगमा हुनेछ । चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, साउन्ड सिस्टम, फ्लड लाइट र स्कोर बोर्डको काम सुरु हुन बाँकी नै छ । 

रंगशालाको भिआइपी प्याराफिट र साधारण प्याराफिटको निर्माण पिएल प्रतिष्ठान किराँतेश्वर जेभीले गरिरहेको छ । 



२०१३ सालमा बनाइएको रंगशाला २०३४ सालपछि स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय गरिएको थियो । 


 
 



  • प्रकाशित मिति : पुस १८, २०७५ बुधबार १३:१४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया