आफैंले पढेको क्याम्पसमा राष्ट्रपतिको अभिनन्दन हुँदै

विराटनगर– राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनी पढेको क्याम्पसमा अभिनन्दन गरिने भएको छ । पूर्वाञ्चल भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले बिहीबार विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । बुधबार उनी सुनसरी, इटहरीमा रहनेछिन् ।  

भ्रमणका अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी संकायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गरेकी थिइन् ।  

सो समय उनको क्रमसङ्ख्या ३२० थियो । विसं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनी कोषाध्यक्षमा समेत विजयी भएकी थिइन् । 





  • प्रकाशित मिति : पुस १८, २०७५ बुधबार १७:१४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया