सामाजिक सञ्जालमा ‘वाइड बडी’, टार्गेटमा मन्त्री अधिकारी

काठमाडौं– वाइड बडी खरिद प्रक्ररणमा ४ अर्बभन्दा बढी रकम भ्रष्टाचार भएको देखिएपछि सामाजिक सञ्जालमा यस विषयमा चर्चा हुन थालेको छ ।

वाइड बडी विमान खरिद प्रकरणको छानबिन गर्न संसद्को लेखा समितिद्वारा गठित उपसमितिले आफ्नो प्रतिवेदनमा वर्तमान पर्यटन मन्त्रीलाई पनि दोषी करार गरेपछि सामाजिक सञ्जाल अहिले वाइड बडी प्रकरणले भरिएको छ ।

वाइड बडी प्रकरणमा ४ अर्ब भ्रष्टाचार भएको विषयलाई बलिउड सिनेमाको आम्दानीसँग जोड्दै ‘के शव’ नामक टि्वटर ह्याडलमा लेखिएको छ, ‘२०१८ मा संजुले ३०० करोड, पद्मावतले ३०० करोड, सारुकको जिरोले ८५ करोड अनि रवीन्द्र धिक्कारीको वाइड बडीले ४०० करोड कमाएछ ।’

४ अर्ब रकम एकैपटक लिए होलान् त ? भन्दै टिव्टरमा ‘माईला साउ’ प्रश्न गर्दै लेख्छन्, ‘ए साँच्ची, ४०० करोड एकैपल्टमा लिए होलान् कि किस्ताबन्दीमा लिए होलान् ?’



केही समयअघि घरभाडा लिएको विषयमा सांसदहरुले अनभिज्ञता जनाएकोतर्फ संकेत गर्दै आत्मा आत्मा गुरागाईंले मन्त्री अधिकारीले गाई दुहिरहेको तस्बिर राख्दै टिवट्मा लेखेकी छिन्, ‘म यता गाई दुहुँदै थएँ, साथीहरुले उता साढे चार अरब खातामा हालिदिएछन् ।’



प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकारले निरन्तर प्रयोग गर्ने ‘समृद्धि’ शब्दप्रति व्यंग्य गर्दै सरोज बस्नेत टिव्टरमा लेख्छन्, ‘सन् २०२० सम्म वाइड बडी ल्याएर २० लाख भित्र्याउने भन्या त ०१८ तिरै ४ अर्ब भित्र्याइसकेछन् । ओहो समृद्धि !’

राजा आऊ, देश बचाऊ भन्दै टिव्टरमा दिपक पौड्याल लेख्छन्, ‘जितेन्द्र देव, जीवन ब शाही, रवीन्द्र अधिकारी र गृहसचिव, पर्यटन सचिव बहाल र पहिलेका, नेवानी बोर्ड देउवा र ओली नि मिसाए हुन्छ । मन्त्रीहरु तिनकै पालमा भा’का हुन् । अझै प्रचण्ड पनि हुन् क्यारे । ४ प्लेनले सप्पै सक्यो । राजा आऊ देश बचाऊ भन्ने हो अब ।’

पर्यटन मन्त्री रवीन्द्र अधिकारी दोषी देखिँदा पनि राजीनामा दिन नलगाएकोमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै ‘श्री ५ काले’ टिव्टरमा लेख्छन्, ‘शेरबहादुर तामाङलाई नैतिकताको ब्रह्माण्ड देखाएर राजीनामा दिन लगाउने सम्माननीय प्रधानमन्त्रीज्यूले वाइड बडी घोटालाको डढेलो देख्नुभएनछ कि कसो ?’

अर्का ट्विटर प्रयोगकर्ता ‘खलाँसी’ले भने मन्त्री रवीन्द्र अधिकारीलाई दोषी भन्न अदालतले फैसला गरिसकेको हो र ? भन्दै प्रश्न गरेका छन्, ‘वाइड बडी प्रकरणमा अदालतको फैसला आइसकेको हो ? रवीन्द्र अधिकारी मात्र दोषी हुन् ?’

  • प्रकाशित मिति : पुस १८, २०७५ बुधबार १९:४९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया