के कृति सेनन कार्तिक आर्यनलाई डेट गर्दै छिन‍् ?

बलिउडमा पछिल्लो समय अभिनेत्री कृति सेनन र कार्तिक आर्यनको प्रेमसम्बन्धको चर्चा चलिरहेको छ । कृति सेनन र कार्तिक आर्यन दुवै असल साथी हुन् र सामाजिक सञ्जालमा प्रायः एकअर्काको पोष्टमा कमेन्ट गर्ने गर्छन् । यसको मतलव के दुबै एकअर्कालाई डेट गरिरहेका छन् ? हालै यी दुवैको 'लिंकअप'को चर्चाले उग्र रूप लिएपछि अभिनेत्री कृतिले मुख खोलेकी छन् ।

हालै एक न्यूज पोर्टललाई दिएको अन्तर्वार्तामा कृतिले आफूहरूको सम्बन्धबारे अफवाह फैलाइएको खुलाइन् । कुनै पनि कुरा भन्न वा सुन्नुअघि सत्य थाहा पाउनुपर्ने उनको सुझाव छ ।

कृतिले पब्लिक फिगर हुनु र निरन्तर सबैको नजरमा रहनु उनको कामको एउटा भाग भएको स्वीकारिन् । तर, कतिपय कुरामा आफूलाई चित्त नबुझ्ने गरेको पनि उनले बताइन् । कृतिले भनिन्, ‘कहिलेकाहीँ तपाईंको बारेमा केही लेखिन्छ र त्यसपछि तपाईंले जे भन्नुहुन्छ, मानिसहरुले त्यसलाई जाँच्न थाल्छन् ।'

 कृति सेननको वर्कफ्रन्टको कुरा गर्दा उनी छिट्टै ‘शहजादा’, ‘गणपथ’, ‘भेडिया’ र ‘आदिपुरुष’मा देखिनेछिन् । उनी पछिल्लो पटक अक्षय कुमार र अर्शद वारसीसँग फिल्म ‘बच्चन पाण्डे’ मा देखिएकी थिइन् ।





  • प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार २०:५७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया