राप्रपा पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीले त्यागे पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । आज विज्ञप्ति जारी गर्दै उनले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् ।

अधिकारीले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हाबी भन्दै पार्टीबाट अलग भएको जनाएका छन् ।

‘राप्रपामा क्रियाशिल भइ जीवनका ऊर्जाशील समय व्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहीसँग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरै साथीहरूसँग नजिक भए,’ अधिकारीले भनेका छन्, ‘माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्य साथीहरू छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसँग कुनै मूल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।’  





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार १३:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया