'नेपालका भाषा र सरकारी कामकाज' पुस्तक सार्वजनिक

तथ्यांक संकलनमा कार्यरत संस्था फ्याक्स नेपालले 'नेपालका भाषा र सरकारी कामकाज' पुस्तक प्रकाशन गरेको छ ।

त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत भीम नारायण रेग्मीले नेपालको ७५३ स्थानीय निकायमा बोलिने भाषासम्बन्धी तथ्यांक संकलन गरी पुस्तक तयार गरिएको हो । लेखक रेग्मीले किताबमा नेपालका भाषासम्बन्धी तथ्यांकलाई सरलीकरण गरिदिएको फ्याक्ट नेपालले जनाएको छ ।

फ्याक्ट नेपालका अनुसार नेपालमा भाषाको इतिहास र वर्तमान, प्रदेश र स्थानीय तहमा बोलिने भाषा, स्थानीय तहको मातृभाषा, भाषा नीति र नेपालको सरकारी कामकाज, सरकारी कामकाजमा भाषाको प्रयोग र उपयुक्त विकल्पजस्ता अनुसन्धानपश्चात तार्किक र तथ्यपरक सामाग्री किताबमा समेटिएको छ । यसमा ७५३ वटै निकायमा बोलिने भाषासम्बन्धी विस्तृत तथ्यांक पनि समावेश गरिएको छ ।

३३० पृष्ठको यो पुस्तकको मूल्य ११ सय तोकिएको र यसको वितरण वि-लिडरे गर्ने जनाइको छ । यो पुस्तक किताब यात्रा, बुक-कर्नर, थुप्रै डट कम लगायत अनलाइनबाट पनि  मगाउन सकिने छ ।





  • प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार २०:२९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया