जनकपुर पुगेर प्रचण्डले दिए किसानलाई आश्वासन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा भएको ठूलो परिवर्तनको बाहक माओवादी केन्द्र रहेको दाबी गरेका छन् । 

शनिबार धनुषाको मिथिला विहारी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको सुख दुःखको साथी माओवादी केन्द्र नै रहेको भन्ने कुराको सबैतिर नयाँ चेतना र नयाँ जागरण आएको दाबी गरेका हुन् । 

उनले भने, ‘म मधेसी जनसमुदायको मत पाएर नै निर्वाचित भएको थिएँ । दोस्रो पटक प्रधानमन्त्री बन्दा त्यसमा मधेसी जनताको ठूलो योगदान थियो । त्यसैले मधेसी जनताको योगदानको मूल्य कहिले पनि बिर्सन सक्दिन ।’

तेस्रो निर्वाचन प्रक्रियामा पनि मधेसले एउटा नयाँ उदाहरण प्रस्तुत गर्नुपर्ने आवश्यकता रहेको बताउँदै अध्यक्ष प्रचण्डले देशमा आर्थिक विकास, जनताको गरिबी हटाउने, बेरोजगारी हटाउने, किसानहरुको हक अधिकारको निमित्त पेन्सनको व्यवस्था गर्ने, अनुदान र प्रोत्साहनको व्यवस्था गर्नेलगायतका कुराहरुमा आफूहरुले छलफल गरिरहेको दाबी गरे । 

आउने दिनमा मधेसका किसानहरुको आर्थिक विकास र समृद्धिका लागि नयाँ योजना र कार्यक्रम आउने पक्का रहेको समेत उनले विश्वास दिलाए । 

अर्को एक प्रसंगमा बोल्दै उनले ठूलो बलिदान पश्चात देश आज संघिय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गरेको र समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली अन्तर्गत नै हामी अहिले निर्वाचन प्रक्रियामा गइरहेकोे स्मरण गरे । 



अध्यक्ष प्रचण्डले मिथिलेश्वरमा रहेको जनयुद्धका महान् सहिद चन्देश्वर मण्डलको प्रतिमामा श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन् ।
 



  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १२:१६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया