थपिए १४ कोरोना संक्रमित, २१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टाको अवधिमा १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २०५ जना रहेका छन् । पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य संक्रमित भएको ३० जिल्ला पुगेका छन् । नेपालमा संक्रमण दर १७ दशमलव ३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३ दशमलव ४ जनाको निधन भएको छ । 

हाल होम आइसोलेशनमा २०२ र संस्थागत आइसोलेसनमा तीनको उपचार हुँदैछ । विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन् । 





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १६:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया