भरतपुरमा रेनुको पक्षमा खुलेपछि विवादमा सन्दीप क्षेत्री

सत्तारुढ गठबन्धनको बिहीबार भरतपुरमा भएको चुनावी आमसभामा भाषण गर्न पुगेका सन्दीप क्षेत्री अहिले निकै विवादमा तानिएका छन् । त्यहाँ उनले सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालको पक्षमा वकालत गरेका थिए, मत मागेका थिए । 

तर, उनको यो सम्बोधनपछि उनको विषयमा सामाजिक सन्जालमा व्यापक विरोध देखिएको छ । 

कलाकार भएर तटस्थ नबसेको भन्दै उनको विरोध हुन थालेको हो । कतिसम्म भने सामाजिक सन्जाल प्रयोगकर्ताले कलाकार भएर एउटा व्यक्तिको पक्षमा खुलेकाले उनका कार्यक्रमलाई बहिस्कार गर्नेसमेत बताएका छन् ।

सन्दीपले भरतपुरमा गरेको सम्बोधनपछि उनको सामाजिक सन्जालमा उनलाई नकारात्मक प्रतिक्रिया दिनेहरुको पनि संख्या निकै बढेको छ ।

तर, यस विषयमा उनले कुनै औपचारिक विज्ञप्ति निकालेका छैनन् । सत्तारुढ गठबन्धनको सभामा चाहिँ उनले रेनुलाई दिदी भन्दै आफ्नो धारणा राखेका थिए ।





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार २०:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया