पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय नागरिक पक्राउ

बाराको सिम्रौनगढबाट हतियारसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–९ मा शनिबार अटोमेटिक चाइनिज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतीहारीका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् ।

सीमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गरेका दुवै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा चाइनिज पेस्तोल एक थान, त्यसमा लाग्‍ने दुई राउण्ड गोली, एक थान म्याग्जिन, कटुवा पेस्तोल एक थान र त्यसको दुई राउण्ड गोली बरामद भएको जनाइएको छ ।

पेस्तोल र गोलीसहित पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार ७:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया