इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले फराकिलो हार बेहोरेको छ । युनाइटेड घरेलु टोली ब्राइटनसँग ४–० ले पराजित हुन पुगेको हो ।
द अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा घरेलु टोलीका लागि मोइसेस काइसेडो, मार्क कुकुरेला, पास्कल ग्रस र लियान्द्रो ट्रोसार्डले एक/एक गोल गरे ।
खेलको १५ औं मिनेटमा काइसेडोले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा कुकुरेलाले टोलीको अग्रता दोब्बर बनाए ।
५७ औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनलाई ३–० ले अघि बढाए । ६० औं मिनेटमा ट्रोसार्डले गोल गरेपछि घरेलु टोलीले ४–० को फराकिलो जित निकाल्यो ।
जितसँगै ३६ खेलमा ४७ अंक जोडेको ब्राइटन नवौं स्थानमा रहँदा पराजित युनाइटेड ३७ खेलबाट ५८ अंकका साथ छैटौं स्थानमा छ । लिगअन्तर्गत अन्य खेलमा ब्रेन्टफोर्डले साउथह्यामटनमाथि ३–१ को जित निकाल्दा चेल्सीले वुल्भ्ससँग २–२ को बराबरी खेल्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।