स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाले घरेलु टोली रियल बेटिसमाथि २–१ को रोमाञ्चक जित हात निकालेको हो ।
बेनिटो भिल्लामारिन स्टेडियममा खेलको ७६ औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
७९ औं मिनेटमा मार्क बारट्राले घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए । थप गरिएको समयमा जोर्डी अल्बाले गोल गरेपछि बार्सिलोनाले २–१ को रोमाञ्चक जित निकाल्यो ।
जितसँगै ३५ खेलमा ६९ अंक जोडेर दोस्रो स्थानमा रहँदा पराजित रियल बेटिस समान खेलबाट ५८ अंकका साथ पाँचौं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।