इन्स्टाग्राममा अदितिलाई २० लाखले पछ्याए

नेपालमा चर्चामा आइराख्ने अरू धेरै कलाकार भए तापनि सामाजिक सञ्जालमा अभिनेत्री तथा मोडल अदिति बुढाथोकीलाई धेरैले पछ्याएको देखिन्छ ।

अदितिको इन्स्टाग्राममा २० लाख फलोअर्स पार गरेका छन् । यति धेरै फलोअर्स हुने अदिति नेपालको पहिलो मोडल तथा अभिनेत्री हुन् ।  

२५ वर्षीया अदितिलाई नेपाली र भारतीय प्रशंसकले पछ्याएका छन् । उनले भने इन्स्टाग्राममा ७७२ जनालाई पछ्याएकी छन् । उनले इन्स्टाग्राममा एक हजार ३११ पोस्ट हालेकी छन् । उनी युवापुस्तामा लोकप्रिय कलाकार हुन् । 

उनले इन्स्टाग्राम 'बोल्ड' तस्वीरहरू सेयर गर्ने गर्छिन् । सामाजिक सञ्जालमा उनको सुन्दरता, व्यक्तित्व प्रशंसा हुने गर्दछ । अदितिले अहिले भारतको मुम्बईमा केन्द्रित रहेर मोडलिङ गर्दै आइरहेकी छन् । 

उनले अनमोल केसी स्टारर ‘कृ’बाट फिल्म करिअरको सुरुवात गरेकी थिइन् । उनी अभिनित ‘बाबरी’ ३१ भदौमा प्रदर्शनको तयारीमा छ ।





  • प्रकाशित मिति : बैशाख २५, २०७९ आइतबार १४:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया