नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गठबन्धनभित्र धोका दिन थालेको आशंका व्यक्त गरेका छन् ।
आइतबार कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन दलको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिएको भनेर आशंका व्यक्त गरेका हुन् ।
‘नेपाली कांग्रेसको एक जना स्थानीय नेतासँग पनि मेरो कुरा भयो । म र प्रधानमन्त्री शेरबहादुर देउवासँगै आएका छौ । उहाँसँग कुरा गरेर कांग्रेसले जसरी उम्मेदवारी दिएको छ, खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्दछ । हाम्रा उम्मेदवारलाई विजय गराउन अपिल गर्दछु । हाम्रा लागि बेइमानी र षडयन्त्र स्वीकार्य छैन,’ प्रचण्डले भने ।
त्यस्तै, उनले अझै गठबन्धन क्लियर नभएको बताउँदै आफूहरूले गठबन्धनको मर्मअनुसार उम्मेदवारी दिएका उम्मेदवार र प्राविधिक कारण स्वतन्त्र उम्मेदवारी दिन पुगेका आफ्ना उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिलसमेत गरे ।
माओवादी केन्द्र कैलारी गाउँपालिका अध्यक्ष बतासु चौधरीतका अनुसार शनिबार कैलाली पुगेका उनी आइतबार कालिकोट, धनगढी, डोटी र कञ्चनपुरको बेलौरीमा आयोजित चुनावीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।