तनहुँमा उपमेयरका उम्मेदवार नै कांग्रेसमा प्रवेश

यही ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनका लागि तनहुँको शुक्लागण्डकीमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी, लेनिनवादी) बाट उपमेयर पदका उम्मेदवार शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

उनी कांग्रेस शुक्लागण्ड–९ ले आयोजना गरेको चुनावी सभामा कांग्रेस प्रवेश गरेका हुन् । लम्साललाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराए । 

लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र कांग्रेसका मेयर पदका उम्मेदवार कृष्ण राज पण्डितसहितको गठबन्धन टिमलाई समर्थनसहित सहयोग गर्ने प्रतिवद्धता जनाए । 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १३:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया