कांग्रेसलाई ओलीको प्रश्न- किसुनजी र गणेशमानले हाँस्दै-नाच्दै पार्टी छाड्नु भएको थियो ?
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस त्यसै नछाडेको बताएका छन् । 

उनले कांग्रेस बिग्रिएका कारण नेताद्वयले जीवनको अन्तिमकालमा पार्टी छाडेको बताए । 

गण्डकी प्रदेशको राजधानी पोखरामा साेमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै नेता नाच्दै हाँसेर पार्टीबाट ननिस्किएको बताए । 

‘कृष्णप्रसाद भट्टराई (किसुनजी)ले यत्तिकै कांग्रेस पार्टी छाडेका होइनन् । जीवनको उत्तरार्द्धकालमा पार्टी छाड्नुभयो । नेता गणेशमान सिंहले पनि यत्तिकै पार्टी छाड्नु भएको होइन । २००३ सालमा भद्रगोल जेल तोडका नेताले यत्तिकै हाँस्दै हाँस्दै, नाच्दै नाच्दै पार्टी छाड्नुभयो होला ?’, ओलीले भने । 

उनले बिपी कोइराला अहिले भएको भए पनि पार्टी छाड्ने थिए भनेका छन् ।  यस्तै उनले देश बनाउने पार्टी रहेको बताए । 

एमाले नीति कार्यक्रम, योजना र देश विकासको संकल्प भएको पार्टी भन्दै उनले पोखरावासीसँग मत मागेका छन् । 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १४:५९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया