वीर अस्पताललाई दुईवटा मेसिन उपलब्ध गराइयो

काठमाडौंको ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुई वटा इलेक्ट्रो लाइट एनलाइजर वीर अस्पताललाई उपलब्ध गराएको छ ।

सोमबार एक कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अतिउपयोगी हुने सो मेसिन अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतलाई हस्तान्तरण गरेका हुन् । 

अमेजिन प्यारेन्स भन्ने अष्ट्रेलियामा रहेको एक संस्थाले उपलब्ध गराएको सो मेसिन गरिव र असहायहरुले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए ।

यता, अस्पतालका निर्देशक बस्नेतले गरिवीको जीवन रक्षाका लागि अति आवश्यक मेसिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे । सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य र भूकम्पपछिको पुनर्निर्माणमा काम गर्दै आएको बताइएको छ । 





  • प्रकाशित मिति : बैशाख २६, २०७९ साेमबार १६:३३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया