पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारी दिएका नेपाली कांग्रेसका बागी उम्मेदवार विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।
पाँचदलीय गठबन्धनको निर्णयविपरीत उनले कांग्रेसले लिएको नीतिप्रति असहमति जनाउँदै कार्कीले बागी उम्मेदवारी दिएका थिए । उम्मेदवरी निष्क्रिय भएको घोषणा गरेका कार्कीले अब गठबन्धनका उम्मेदवारलाई सहययोग गर्ने घोषणासमेत गरेका छन् ।
सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसका कोपिला रानाभाट उम्मेदवार छन् ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि तोकेको समयमा उम्मेदवारी फिर्ता नलिएका कार्कीले अन्तिम समयमा विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् ।
‘साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रहअनुसार मेरो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दछु,’ कार्कीले विज्ञप्तिमा भनेका छन्, ‘अब गठबन्धनका उम्मेदवारलाई सहयोग गर्छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।