संस्थापक सेयर साधारणमा परिणत गर्न मिल्ने, फेरि संस्थापकमा लैजान नमिल्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको सेयर स्वामित्व रहेको बैंक तथा वित्तीय संस्थाले सो सीमाभन्दा माथिको सेयर दुईपटक गरेर सर्वसाधारण सेयरमा परिवर्तन गर्न सक्ने व्यवस्था गरेको छ । 

आज निर्देशन जारी गर्दै बैंकले एकै बजारमा साधारण सेयरको मात्रा बढी नहोस् भनेर कम्तीमा दुईपटक गरेर संस्थापक सेयर ५१ प्रतिशतमा झार्न सकिने व्यवस्था गरेको हो । 

बैंक तथा वित्तीय संस्था स्थापना भएको १० वर्ष पूरा गरेको हकमा धितोपत्र विनिमय बजार लिमिटेडमार्फत खरिद–बिक्री गर्ने प्रयोजनाका लागि संस्थापकको सेयर लगानी अनुपात समानुपातिक रुपमा बढी हुने सेयर सर्वसाधारणमा परिणत गर्नसक्ने व्यवस्था मिलाइएको छ । 

कुनै संस्थापक समूहले अर्को समूहमा परिणत गर्न नचाहेको भनी स्वघोषणा विवरण प्राप्त भएको अवस्थामा भने बाँकी रहेका सदस्यले संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशतभन्दा कम नहुने गरी उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । एकपटक सर्वसाधारण सेयरमा परिणत गरेको सेयर पुनः संस्थापकमा परिणत गर्न भने पाइनेछैन । 

संस्थापक समूहमा रहेको सेयर सर्वसाधारण सेयरमा परिणत गरी बिक्री गर्ने व्यक्ति वा संस्था कालोसूचीमा रहेको भए निजको सेयर बैंक वा वित्तीय संस्थाको कर्जा चुक्ता गर्ने प्रयोजनका लागि मात्र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ । 

संस्थापक समूहको स्वामित्वमा रहेको सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने कार्य पूँजीबजार बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई समेत ख्याल गरी बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न र त्यस्तो कार्य कम्तीमा दुईपटक मात्रै गर्नसमेत राष्ट्र बैंकको निर्देशन छ । 





  • प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार २०:५५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया