दाङको तुलसीपुर-१७ मा वडाध्यक्षका लागि आज मनोनयन, ३ जेठमा मतदान
फरकधार / २८ बैशाख, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा वडाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ । एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।



बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए ।

तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा  मतदान हुनेछ । अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु भइसकेको छ । तर, तुलसीपुर–१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुनेछ । 



  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार ७:२०:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया