हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग नगर्न सर्वोच्चको अन्तरिम आदेश
फाइल तस्वीर

हेटौंडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्ने बागमती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो । 

न्यायाधीश दीपककुमार कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्कीको संवैधानिक इजलासले प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग गर्नुको कारणसहित उपस्थित हुन पनि बागमती प्रदेश सरकारलाई आदेश दिएको छ । 

सरकारले अध्यादेशमार्फत अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयविरुद्ध प्रतिष्ठानले सर्वोच्चमा उत्प्रेषण परमादेशको रिट दायर गरेको थियो । 

प्रचिलत संघीय कानुनसँग बाझिने गरि बागमती प्रदेश सरकारले अध्यादेश जारी गरेको भन्दै रिट दायर भएको हो । अघिल्लो सरकारको गौरबका आयोजना निस्प्रभावी पार्दै आएको राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने नियत राखेर ऐन संसोधन गरेको भन्दै आलोचना भएको थियो ।





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १५:४८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया