देशभर ३७८८ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८८ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

आज १६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ८३९ पुगेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको छैन । अहिलेसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गमाएका छन् ।

आज कोरोना खोप ११ हजार ५ जनाले लगाएका छन् भने देशभर १८७ जना सक्रिय संक्रमित छन् ।





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १७:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया