एकीकृत समाजवादी कञ्चनपुरले १२ नेता-कार्यकर्तालाई पार्टीबाट निकाल्यो
फाइल तस्वीर

पार्टीको नीति विपरीत कार्य गरेको भन्दै नेकपा एकीकृत समाजवादी कञ्चनपुरले १२ नेता-कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको अन्तरिम विधान-२०७८ विपरीतका गतिविधि गरेको भन्दै एकीकृत समाजवादीले १२ नेता-कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको हो ।

निष्कासित हुनेमा बेलौरी–३ का राजेन्द्र बडू, बेदकोट–४ का रामबहादुर ऐडी, पुनम श्रेष्ठ, अशोक श्रेष्ठ, शंकर भट्ट र हीरामान श्रेष्ठ, बेलौरी–६ का केशवराज कँडेल र धनबहादुर सार्की, बेलौरी-७ का हेमन्तकुमार श्रेष्ठ, बेदकोट–१० का डम्बर भट्ट, शुक्लाफाँटा–११ का रनसिंह सुनार र लालझाडीका प्रकाश राना रहेका छन् । 

नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सचिव हरक सिंह धामीका अनुसार उनीहरूले पार्टीको अन्तरिम विधान विपरीत हुने गतिविधि गरेका कारण साधारण सदस्यसमेत नरहने गरी निकालिएको हो ।





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १७:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया