ज्याकलिनले नेपालसहित ३ देशमा जान अदालतसँग मागिन् अनुमति
फाइल तस्वीर

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले नेपालसहितका देशको यात्रा गर्नका लागि लागि अदालतसँग १५ दिनको अनुमति मागेकी छन् । उनले दिल्ली अदालतमा नेपालसहित आबुधाबी र फ्रान्स यात्राका लागि १५ दिनको अनुमति माग्दै निवेदन दिएकी हुन् ।

उनले नेपालमा १४ जेठ (मे २८) मा हुन लागेको ‘दबंग टुर रिलोडेड’ मा सहभागी हुन उनले अनुमति मागेकी हुन् । साथै उनले आबुधाबीमा हुने आइफा अवार्डमा सहभागी हुन र फ्रान्स जानका लागि १५ दिनको यात्रा अनुमति मागेकी हुन् । उनको निवेदनमा अदालतले २० मेमा सुनुवाइ गर्नेछ ।

भारतको प्रवर्तन निर्देशनालय(इडी)ले उनलाई देश छोडेर जान रोक लगाएको छ । ठगी मुद्दामा पक्राउ परेका सुकेश चन्द्र शेखरसँग सम्बन्ध भएको भन्दै इडीले ७ करोड २७ लाख भारुको सम्पत्ति जफत गर्दै उनलाई भारत छोड्न रोकेको हो ।





  • प्रकाशित मिति : बैशाख २८, २०७९ बुधबार १८:३९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया